एनपीएलः काठमाडौँले विकेट गुमाएको गुमायै, गइसक्यो ६

चितवन,मंसिर १७-

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौ गुर्खाजले १४ ओभरमा ७४ रन बनाउँदा ६ विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको काठमाडौले १४ औँ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ।

रासिद खान ४ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ११ औँ ओभरको तेस्रो बलमा शंकर राना १६ रन बनाउँदै पेभेलियन फर्के। त्यअसघि चौथो विकेटका रुपमा काठमाडौले भिम सार्कीलाई गुमाएको थियो। भिम १ रन बनाउँदा सोहेल तनविरको बलमा एलबीडब्लु धरापमा परे। तेस्रो विकेटका रुपमा जेहार्ड इरासमसलाई गुमाएको हो। पाचौँ ओभरको चौथो बलमा इरासमस ४ रन बनाउँदा कुशल मल्लको बलमा बोल्ड आउट भए।

चौथो ओभरको चौथो बलमा माइकल लेभिट २५ रन बनाउँदा क्याच आउट हुन पुगे। त्यसअघि दोस्रो ओभरको पहिलो बलमा अ‍ोपनर स्टेफेन इस्कीनाजी २ रन बनाउँदा सोहेल नतविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए। चितवनलाई सोहेल तनविरले तीन विकेट लिए। कुशल मल्ल, अमर राउटेला र ल्युक मार्टिन बेनकेन्स्टाइन समान एक विकेट झारे।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button