"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा श्रम विवाद समाधान गर्न लाग्ने प्रक्रियाहरु

कतारले रोजगारको सिलसिलामा हुने समस्या समाधान गर्न प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय अन्तर्गत कामदारको उजुरी सुल्झाउन गत मार्च १६ मा ‘श्रम विवाद समाधान’ समिति गठन गरेको थियो । २००४ को कानून न १४ लाई परिमार्जित गर्दै जारी गरिएको २०१७ को कानून न १३ अन्तर्गत यस विभागले काम गर्दछ। विभागले तलब नपाएको, उपदान (इन्ड अफ सर्भिस) नपाएका, कम्पनीले घर फर्किने टिकट नदिएको र लिभ स्यालरी नदिएको लगायत हरेक उजुरी हेर्नेछ ।

कानून नं १३ ले के भन्छ ?

जारी नयाँ कानूनले श्रम विवाद प्रक्रियाको मुख्य दुई विषयलाई समावेस गरेको छ। प्रारम्भिक अनुशासन सम्बन्धी अवस्था र विवाद अवस्था।

रोजगारदाताले अनुशासन सम्बन्धी सजाय लगाएको समयमा वा श्रम सम्झौता विपरित काम लगाउँदा वा अन्य आन्तरिक विवाद सृजना भएको बेला यी तीन प्रक्रिया अनुरूप कामदारले उजुरी गर्न पाउने कानून नं १३ मा उल्लेख गरिएको छ ।

पहिलो अवस्था

कम्पनीले कुनै सजाय दिएको समय भित्र कामदारले एक हप्ता भित्र कम्पनीलाई अपील गर्नुपर्नेछ।कम्पनीले सो अपिलको लागि एक हप्ताको समय पाउनेछ।यदि एक हप्ता भित्रमा पनि कम्पनीले कुनै प्रतिक्रिया नदिए सो अपिल स्वत अस्वीकार गरेको बुझिन्छ।

दोस्रो अवस्था

कम्पनीले कामदारको अपिल अस्वीकार गरेको खण्डमा कामदारले सो विषयमा श्रम विभागको कार्यालयमा गई उजुरी दिनु पाउनेछ।पहिलो अवस्थाको जस्तै विभागले पनि कुनै प्रतिक्रिया नदिएको खण्डमा विभाग बाट पनि उजुरी अस्वीकार भएको बुझिन्छ र तलको तेस्रो अवस्था अनुसार विभागले उजुरी फैसला गर्नेछ ।

तेस्रो अवस्था

कामदारले कम्पनीको अनुशासन पालन गर्दागर्दै पनि बर्खास्त भएको तथा दोस्रो अवस्थाको प्रतिक्रिया बाट चित्त नबुझेको खण्डमा कामदारले नयाँ बनेको श्रम विवाद समाधान समितिमा उजुरी दिनुपर्नेछ। कम्पनीले एकतन्त्र रुपमा फैसला गर्दा अवस्थामा कामदारको रद्द भएको उजुरीको पुन छानबिन गर्ने र फैसला गर्ने अधिकार समितिले प्राप्त गरेको छ।त्यस्तै समितिले उजुरी प्रक्रियाको समयमा कामदारले काम नगरी बसेको अवधिको तलब अथवा कुनै क्षतिपूर्ति दिन आदेश पनि दिन सक्नेछ ।

कहाँ उजुरी गर्ने ?

मन्त्रालयको अनुसार अब श्रमिकले हरेक प्रकारको उजुरी निम्न कार्यालयमा गएर पेश गर्नुपर्नेछ :

  • दफ्ना स्थित अलहुदा टावरको पहिलो तल्लामा रहेको श्रम उजुरी विभाग, 
  • औद्योगिक क्षेत्रमा रहेको मन्त्रालयको कार्यालय
  • अलखोरमा रहेको मन्त्रालयको कार्यालय
  • निजी क्षेत्रमा काम गर्ने कतारी नागरिकको लागि दफ्ना स्थित अल फैसल टावर को २९ औं तल्लामा रहेको मन्त्रालयको कार्यालय

फोन : +974 40288888 | ईमेल : info@adlsa.gov.qa | वेबसाइट : www.adlsa.gov.qa

श्रम विवाद समाधान समितिको प्रक्रिया

कामदार र रोजगारदाता बीचको सम्बन्ध बिग्रिएको अवस्थामा विवाद समाधान गर्न श्रम कानूनमा कानून नं १३ ले दुवै तर्फ बाट पालना गर्नुपर्ने केहि अत्यावश्यक प्रक्रियाको कुरा थपेको छ ।

प्रक्रिया १

विवादमा मुछिएका आप्रवासी नागरिक वा कतारी नागरिकले सुरुमा तोकिएको श्रम विभागमा गएर निवेदन दिनुपर्नेछ।उजुरी परेको ७ दिन भित्र विभागले समाधानको उपाय खोज्दछ।तोकिएको ७ दिन भित्र दुवै तर्फ राजी भए विभाग साक्षी बसेर मेलमिलापको सम्झौता हुनेछ ।

प्रक्रिया २

यदि एक हप्ता भित्र समस्याको समाधान नभए विभागले उक्त उजुरी नयाँ बनेको समितिमा पठाउनेछ।समितिमा विभागले छानबिन गरेको कागजात लगायत पठाउनेछ।त्यसपछि समितिमा विभाग बाट आएको उजुरीको तीन दिन भित्र उजुरी छानबिन सुरु गर्ने समय तोकेर दुवै पार्टीलाई खबर गर्नेछ।तोकिएको समय बाट बढीमा तीन हप्ता नकट्ने गरी समितिले मुद्दाको छानबिन गर्नुपर्नेछ।

अवस्था ३

समितिले छिनोफानो गरेको मुद्दा चित्त नबुझे असन्तुष्ट पक्षले पुनरावेदन अदालतमा मुद्धा १५ दिन भन्दा कम समयमा दर्ता गराउनुपर्नेछ।यहाँ प्राय ठूला मुद्दाहरू मात्र दर्ता हुनेछ।यो अवस्था अघि नै सबै मुद्दाहरू छानबिन हुने समितिले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button