वाइडबडी विमानको पहिलो उडान दोहामा हुने

नेपाल वायुसेवा निगमले बिहीबार नेपाल ल्याएको नयाँ वाइडबडी विमानले पहिलो उडान कतारको दोहामा गर्ने भएको छ । आउँदो अगष्टको १ तारिखमा निगमले काठमाडौंबाट दोहाको उडान गरेर व्यावसायिक उडान सुरु गर्ने निगमले जनाएको छ । यसअघि दुवईबाट उडान सुरु गर्ने भनिए पनि प्राविधिक समस्याका कारण पहिलो उडान कतारको दोहाको लागि तय भएको निगमले जनाएको छ । उडान सञ्चालन अनुमति एओसी लगायत अन्य कागजी र प्राविधिक विषय मिलाउन १ महिना लाग्ने निगमको दावी छ ।

तस्बिर : प्रकाश चन्द्र तिमिल्सिना/ कान्तिपुर

‘एक महिना त हामीलाई कागजी प्रक्रिया पुर्‍याउनै लाग्छ, त्यसपछि हाम्रो विमानले व्यवसायिक उडान दोहाबाट सुरु गर्नेछ’ निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘दोहामा उडानको लागि हामीले लगभग सबै प्रक्रिया पूरा गरिसकेका छौं, यताको प्रक्रिया पूरा हुँदावित्तिकै हामी दोहा आउजाउ गरिहाल्नेछौं ।’

बिहीबार नेपाल ल्याइएको जहाजमा २ सय ७४ सिट रहेका छन् । दोहापछि दुबईमा उडान गरिने र दोस्रो चरणमा जापान, दक्षिण कोरिया साउदी अरेवियालगायतका देशमा विमान लगिने निगमले जनाएको उज्यालो अनलाइनले  लेखेको  छ ।

निगमले आज ल्याएको जस्तै एअरबस ए ३३०–२०० सिरिजको अर्को जहाज डेढ महिनाभित्र आइपुग्ने दावी गरेको छ । पहिलोपटक वाइडबडी जहाज किन्न निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button