कतारमा पहिलो पटक चुँडिएको हात जोडियो

दुर्घटनाको क्रममा कुहिनो भन्दा तल चुँडिएको हातको सफल उपचार गरिएको छ। ५६ वर्षीय जोस मेरी नाम गरेका व्यक्तिको हमाद मेडिकल सेन्टर अन्तर्गतको रुमैलाह अस्पतालमा ९ घण्टाको शल्यक्रिया र ३ महिनाको परामर्श पश्चात हात पुरानै अवस्थामा फर्किएको हो।कतारमा यस्तो उपचार पहिलो पटक भएको अस्पतालले जनाएको छ।
सर्जरी सम्हालेका डाक्टर मोहम्मद मुर्सिद अल देलैमिले प्राथमिक उपचारमा संलग्नहरु,चिकित्सक टिम र अस्पतालका अन्य परामर्शदाता बाट सर्जरी सफल भएको बताएका छन्।बिरामीलाई दुर्घटना भएको लगभग ७ घण्टा पछि अपरेसन कक्षमा ल्याइएको र जम्मा ९ घण्टा भित्र सर्जरी गरिएको डा देलैमिले थपेका छन्। 
हात,खुट्टा नै चुँडिने खालको दुर्घटना कतारमा न्यून भएपनि अस्पतालले दिएको प्राथमिक उपचारको उपाय यस्तो छ :
१.दुघर्टना हुनासाथ एम्बुलेन्स(९९९) लाई खबर गर्ने ।
२.चोट लागेको ठाउँमा सफा कपडा वा गजले बेर्ने,रगत बग्न नदिने।
३.चुँडिएको हात वा खुट्टालाई सफा कपडा वा गजले बेर्ने।
४.प्लास्टिक भित्र हावा नछिर्ने गरी राख्ने र बरफ वा चिसो पानी भित्र डुबाएर राख्ने।