प्रदर्शनमा मान्छे उतार्न पोखरामा रास्वपा नेताको घरदैलो

कास्की,कात्तिक ७-

रास्वपा सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन जारी छ । आन्दोलनमा पोखरावासीकै सहभागिता कम भएपछि रास्वपाले घर–घर पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेको छ । नेताहरूले १० वटा छुट्टाछुट्टै टोली बनाएर पोखराका मुख्य-मुख्य बजारमा घरदैलो गरे । उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, रास्वपा नेता मनिष झा, रमेश प्रसाईँ लगायतले घरदैलोको नेतृत्व गरे । उनीहरूले सरकारको रवैयाविरुद्ध सडकमा निस्कन पोखरावासीलाई आग्रह गरेका थिए ।

सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शनकारी घटे पनि पोखरामा प्रदर्शन जारी छ । मंगलबार दिउँसो जिरो किलोमिटरबाट सुरु भएको ¥याली सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, बुद्ध चोक, रामबजार, अमरसिंहचोक हुँदै पुनः पृथ्वीचोकमा पुगेर टुंगिएको थियो । पृथ्वीचोक र अमरसिंहचोकमा भएको कोणसभामा रास्वपाका नेताले सम्बोधन गरेका थिए । रास्वपाका उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, रास्वपा नेता रमेश प्रसाईँ लगायतले बोलेका थिए । उनीहरूले राजनीतिक प्रतिशोध साँधेर लामिछानेले पक्राउ गरिएको दोहो¥याए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button