नेपालमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेकाे संख्या २६ पुग्याे

जुन २९ देखी जुलाई ५ तारिक सम्म नेपालका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परि २६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्याएको क्षतिको विवरण दिँदै असार १५ गते देखि २० सम्म २६ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । बाढीमा परि २ जना बेपत्ता भएका छन् भने झण्डै एक दर्जन घाइते भएका छन् ।

गृहमन्त्रीले दिएको जानकारी अनुसार बाढीपहिरोका कारण कैलालीमा एक , बाँकेमा चार, सिन्धुलीमा दुई, रोल्पामा तीन, चितवनमा एक , पर्सामा दुई , काठमाडौंमा एक, सर्लाहीमा दुई जना, तनहुँमा दुई ,उदयुरमा एक, सिरहामा एक, दाङ एक, मकवानपुरमा दुई, महोत्तरी एक, बर्दियामा एक , बारामा एक जनाको मृत्यु भएको हो ।  उहाँले बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले मौसमविद्हरुको पूर्वानुमान अनुसार ठूलो क्षतिको सम्भावनालाई मध्यनजर गर्दै सरकारले जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी गरिएको जानकारी दिनुभयो । उहाँले विपत जोखिम न्यूनिकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको र आवश्यक पूर्वतयारी भैरहेको जानकारी दिनुभयो । उहाँले बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरी जोखिमयुक्त स्थान पहिचान गरी राहत सामग्री पुर्याउने काम भैरहेको बताउनुभयो । उहाँले सेना प्रहरी र सम्बन्धित निकायलाई र केन्द्रको युनिटलाई २४ सै घण्टा सर्तक अवस्थामा राखिएको बताउनुभयो । उहाँले केन्द्रदेखि स्थानीय तहसम्म विपद सामनाका लागि संयन्त्र गठन गरिएको र आवश्यकता अनुसार सेना र प्रहरी परिचालन गर्ने गरी सर्तक राखिएको बताउनुभयो ।

उहाँले पहिरोका कारण अवरुद्ध सडक खोल्नका लागि आवश्यक उपकरणको व्यवस्था गरिएको पनि जानकारी गराउनुभयो । सांसदहरुले मुलुकभर बाढी र पहिरोका कारण पुगेको क्षतिको विवरण सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए । – सिनर्जी एफ.एम 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button