मास्क नलगाए दुई लाख रियाल जरिवाना

कोरोना भाइरसको जोखिम कम गर्न सम्पुर्ण नागरिकले मास्क लगाउनु पर्ने नियम कतार सरकारले लगाएको छ । नियम आइतबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि लागू हुने आन्तरिक मन्त्रालयले जनाएको छ । यसअघि निर्माण क्षेत्रका कामदारलाई मात्र मास्कको नियम अनिवार्य थियो ।
प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुल अजिज अल थानीको नेतृत्वमा हिजो बसेको मन्त्रीपरिषदको भिडिओ कन्फरेन्स बैठक मार्फत सवारीमा चालक एक्लै भएको स्थितिमा बाहेक अरु सबैले अनिवार्य रुपमा मास्क लगाउन पर्ने नियम आएको हो ।
2- In case of non-compliance with this decision, penalties stipulated in Decree Law No. 17 of 1990 regarding the prevention of infectious diseases applies to violator by imprisonment for not exceeding 3 years and fine not exceeding QR 200,000, or one of these two penalties. #QNA
— Qatar News Agency (@QNAEnglish) May 14, 2020
नियमको उल्लंघन गरेको भेटिए १९९० को सरुवा रोग नियन्त्रण कानून नम्बर १७ बमोजिम तीन वर्ष सम्मको जेल सजाय र दुई लाख रियाल जरिवाना मध्ये कुनै एक हुन सक्ने मन्त्रालयले बताएको छ ।