अमिरबाट आज हमद पोर्टको उद्घाटन हुँदै

कतारको अमिर एच एच शेख तमिम विन हमद अल थानी बाट आज हमद बन्दरगाह(पोर्ट) को उद्घाटन हुँदैछ।

दोहाको दक्षिण भागको उम अल हौलमा अवस्थित बन्दरगाह समुन्द्र संग पहुँच भएको कतारको सबैभन्दा ठूलो बन्दरगाह हो जुन १५० भन्दा बढि राष्ट्रहरु जोड्ने जलमार्गको प्रवेशद्वार हो।

बन्दरगाहमा हरेक आकार तथा तौल को जहाज धान्न सक्ने क्षमता रहेको छ।झण्डै ७.५ मिलियन डलरको लागतमा बनेको बन्दरगाह २८.५ स्क्वायर किलोमीटर क्षेत्रफलमा फैलिएको छ। सामान्य कार्गो टर्मिनल मा प्रति वर्ष १.७ मिलियन टन सामान धान्न सक्ने र १ मिलियन टन अन्न भण्डार गर्न सक्ने यसको क्षमता रहेको छ।

यसमा जीवजन्तु,सुरक्षा जहाज,११० मिटर अग्लो रेखदेख गर्ने टावर,जहाज निरीक्षण केन्द्र,प्रशासन कार्यालय,गोदाम,मस्जिद,शौचालय,चिकित्सा सुविधा लगायतका स्टेशनहरुको समेत व्यवस्था रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button