फ्रान्स विरुद्ध बेल्जियम खेल बारे केही रोचक जानकारी

एजेन्सी
फिफा विश्वकप २०१८ रसिया
खेल : फ्रान्स विरुद्ध बेल्जियम (पहिलो सेमीफाइनल)
मैदान : सेन्ट पिटर्सबर्ग रंगशाला
सिट क्षमता : ६४,४६८
खेल सुरु हुने समय : राति ९ बजे (कतारी समय)
फिफा विश्वकपको इतिहासमा बेल्जियमको लागि यो दोस्रो र फ्रान्सको लागि यो छैठौं सेमीफाइनल खेल हो। यी दुई देश बीच हालसम्म भएको खेलमा बेल्जियमले ३० र फ्रान्सले २४ पटक जीत हात परेको छ। त्यस्तै १९ खेल बराबरी खेलका छन्। बाँकी जानकारीहरु यस्ता छन् :
बेल्जियम
- बेल्जियमले सन् १९८६ मा अर्जेन्टिना विरुद्ध सेमीफाइनल खेल खेलको थियो जहाँ दोस्रो हाफमा माराडोनाको उत्कृष्ट प्रदर्शनमा बेल्जियम २ -० ले पछाडि पर्यो।
- सोही प्रतियोगितामा भएको तेस्रो स्थानको लागि फ्रान्स सँगको भिडन्तमा बेल्जियमले पहिलो अग्रता लिएपनि ४-२ ले हार्न पुग्यो।
- यसअघि ब्राजिलमा भएको २०१४ को विश्वकपमा बेल्जियम अन्तिम आठ सम्म पुग्न सफल भएको थियो तर सेमीफाइनल सम्म पुग्ने यात्रा लाई अर्जेन्टिनाको एक मात्र गोलले विफल पारिदियो।
- अनुभवको आधारमा बेल्जियमको राष्ट्रिय टोलीमा २०१४ विश्वकपको खेलाडीहरू मध्ये यसपटक १५ खेलाडी समावेस छन्।
- प्रतियोगितामा रोमेलु लुकाकुले जम्मा ४ गोल गर्दै दोस्रो सर्वाधिक गोलकर्ताको स्थानमा छन्।
फ्रान्स
- फ्रान्सले सन् १९९८ मा विश्वकप जितिसकेको छ।
- फ्रान्सका लागि सन् १९५८ विश्वकपमा फन्टैनेले गरेको १३ गोलको रेकर्ड आज सम्म फ्रान्सेली खेलाडीहरुले तोड्न सकेको छैन।
- पूर्व राष्ट्रिय खेलाडी थिएरी हेनरी हाल बेल्जियमको सहायक प्रशिक्षक हुन्।आजको खेलमा उनी आफ्नै देश विरुद्ध उत्रदै छन्।
- फ्रान्सका लागि सर्वाधिक ३ गोल एन्टोनी ग्रिजम्यानले गरेका छन्।
प्रभाव पार्न सक्ने मुख्य खेलाडीहरू
फ्रान्स : किलियन एमबाप्पे ,एन्टोनी ग्रिजम्यान,पाउल पोग्बा र ओलिभर जिरौड ।
बेल्जियम : केभिन डी ब्रुयना,रोमेलु लुकाकु,इडेन हाजार्ड ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
