अमिर कपको फाइनल हेर्न जाँदा थाहा पाउनुपर्ने कुराहरू

कतारको लागि अर्को ऐतिहासिक दिन रहेको छ । सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको लागि तयार भएको दोस्रो मैदान ‘अल वक्रा रंगशाला’ को उद्घाटन सँगै ४७ औ अमिर कपको फाइनल खेल हुनेभएकाले पनि आजको दिन खास रहेको छ । यसअघि सन् २०१७ मा खलिफा रंगशालाको उद्घाटन गरिएको थियो ।

 

अमिर कपको फाइनल हेर्न जाँदा थाहा पाउनुपर्ने कुराहरू :

 

टिकट छैन

आजको अमिर कपको लागी बिक्रीमा राखिएको टिकट दुर्इ दिन अगावै सकिसकेको आयोजकले बताएको छ । यदि तपाईं रंगशाला गएरै टिकट लिने सोचमा हुनुहुन्छ भने त्यो निकै ठूलो भुल हुनेछ ।

त्यस्तै तपाईंले अनलाइन मार्फत टिकट खरिद गर्नुभएको छ भने त्यो सक्कल टिकट सँग साट्न वा प्रिन्ट गर्न जरुरी छ । ई- टिकटले रंगशाला भित्र प्रवेश गर्न पाइनेछैन ।

बाटो

वक्रा रंगशाला जानका लागि हालसालै संचालनमा आएको मेट्रोको प्रयोग गर्न सकिन्छ । मेट्रो बिहान ३ बजे सम्म संचालन हुनेछ । वक्रा स्टेसन बाट गाडीमा वा कार पार्किंग बाट हिडेर जाँदा रंगशाला पुग्न झन्डै २० मिनेटको समय लाग्नेछ । आफ्नै सवारी मार्फत जाँदै हुनुहुन्छ भने जी रिङरोड, दोहा एक्सप्रेसवे दक्षिण , अल मज्द रोड र अल वुकेर रोड बाट जाँदा सजिलो हुनेछ । स्टेसन बाट रंगशाला सम्म कर्वाको बस र ट्याक्सी पनि पाइनेछ ।

खेल हेर्नका लागि नभई अन्य कामले त्यसतर्फ जाँदै हुनुहुन्छ भने बेलुका ६ बजे अगाडि  जाँदा बेस हुनेछ । साथै अल वक्रा स्टेसन बेलुका ६:३० बजे बाट बन्द गरिनेछ ।

पार्किङ

ठूलो समस्या पार्किङको समस्या हल गर्न आयोजकले टिकट अनुसारको पार्किङ स्थल छुट्याएकाे छ । त्यसका लागि तपाइँले आफ्नो फोनमा अमिर कपको एप डाउनलोड गरी जानकारी लिन सक्नुहुनेछ ।

फ्री वाईफाई

आज वक्रा रंगशालाभर ओरेदोको फ्री वाईफाई चलाउन सकिनेछ ।

प्रतिबन्धित सामान

अमिर कपको सफल आयोजनाका लागि आन्तरिक मन्त्रालयले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । खेल हेर्न आउँदा नक्कली टिकट , हतियार ,रसायनिक बस्तु,फायरवर्क तथा विस्फोटक पदर्थ,मादक पदार्थ,लागुऔसधि,चुरोट ,सुर्तिजन्य बस्तु,लाइटर ,सलाई, सहभागी टिम बाहेक अरुको झण्डा , क्यान,बोतल,पावर बैंक ,लेजर लाइट लगायत अन्य समानलाई कडा रूपमा प्रतिबन्धित गरिएको छ ।

गेट खुल्ने समय र खेल

आयोजकको अनुसार खेल हेर्न आउने दर्शकको चापलाई नियन्त्रण गर्न बेलुका ७:३० बजे बाट रंगशाला भित्र प्रवेश गराइनेछ । राति ९:३० मा सांस्कृतिक कार्यक्रम र १०:३० मा खेल सुरुहुनेछ ।

अमिरको उपस्थिति

गएको वर्षहरु झै यो वर्षको समापन समरोहमा पनि अमिर शेख तमिम बिन हमाद अल थानीको  मुख्य उपस्थिति रहनेछ । विजेता खेलाडीहरूलाई अमिरले ट्रफी तथा पुरस्कार वितरण गर्नुहुनेछ ।

लाइभ प्रशारण

खेलको लाइभ प्रशारण अल कास  टिभीले गर्नेछ ।

फेसबुक लाइभ हेर्न यहाँ थिच्नुहोस ।

अनलाइन लाइभ  हेर्न यहाँ थिच्नुहोस ।

 

प्रतिस्पर्धी टिम

आजको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अल दुहेल र अल साद्द स्पोर्ट्स क्लब बिच आमनेसामने हुँदैछ। दुहेलमा यो वर्ष एसियन कपमा सर्वाधिक गोलकर्ता एवम सर्वोत्कृष्ट  खेलाडी घोषित भएका अल मोइज अलि छन्  भने अल साद्द तर्फ पूर्व बर्सिलोना तथा स्पेनका मिडफिल्डर जाभी हेर्नान्डेज छन् । दुहेलले गत वर्षको उपाधि हात पारेको थियो । यता अल साद्दले सन २०१७,२०१५ सँगै १६ पटक अमिर कपको उपाधि जितिसकेको छ । जाभीले आजकै खेल बाट सन्यास लिदैछन ।

अमिर कपको इतिहास

सन १९७२ बाट आयोजना हुँदै आएको अमिर कपको यस वर्ष ४७ औ संस्करण हो । प्रतियोगितामा ए र बि डिभिजनका  शिर्ष १८ टिम सहभागी हुने गर्दछन् ।  प्रतियोगिताको पहिलो विजेता अल अह्लि क्लब रहेको छ । सन् १९७५ मा पहिलो पटक प्रतियोगिता रंगीन टिभीमा प्रशारण गरिएको थियो। हालसम्म १६ पटक विजेता बन्न सफल अल साद्दले १९८१ मा अल शमाल क्लबलाई १६-२ गोल अन्तरले हराएको थियो। प्रतियोगिताको पहिलो गोल अब्दुलाह सिद्दिकिले गरेका थिए । यो वर्षको विजेताले एएफसी २०२० प्रतियोगितामा कतारको प्रतिनिधित्व गर्नेछ।

अल वक्रा रंगशाला 

जम्मा ५७५ मिलियन अमेरिकी डलर लागतमा तयार हुने यस रङ्गशालामा चालीस हजार दर्शक क्षमता रहनेछ।यहाँ विश्वकप प्रतियोगिताको क्वार्टर फाइनल सम्मका खेलहरु सञ्चालन हुनेछन्। यसमा विद्यालय,विवाह भवन,मस्जिद,रेस्टुरेन्ट,मार्केट बास्केटबल कोर्ट लगायत पनि समावेस हुनेछ। दर्शकको हल्ला माथि छतमा ठोकिएर मैदानमा फर्कने विश्वकै पहिलो प्रविधि यसमा प्रयोग गरिएको छ । यसको छत हरेक ३० मिनेटमा खोल्ने र बन्द हुने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button