आज २६८ जनामा भाइरस देखियो

गएको २४ घण्टामा २६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २६६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१६,२२४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ६,२६० जनालाई परिक्षण गरिएको थियो ।

कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १९३ रहेको छ र निको हुनेको संख्या १,१२,९२४ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ४४ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ४२५ जना

आईसीयुमा भर्ना भएका – ४ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – ६४ जना

आज सम्म जाँच भएको संख्या – ५,७२,२७३ जना

निको हुन बाँकीको संख्या : ३,१०७ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button