कतारमा हुने विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म

एजेन्सी

कतारमा हुने सन् २०२२ फिफा विश्वकप नोभेम्बर- डिसेम्बर महिनामा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतार विश्वकपको मिति नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म गर्ने घोषणा गरेका हुन् । यो घोषणापछि विश्वकप इतिहासमै पहिलो पटक प्रतियोगिता जाडो महिनामा हुन लागेको हो । घोषणा संगै कतारले आयोजना गर्ने विश्वकप राष्ट्रिय दिवसको दिन समापन हुनेछ ।

२१ औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन–जुलाईमा हुँदै आएका छन् । नोभेम्बर र डिसेम्बरमा विश्वकप हुने भएपछि क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर पनि परिवर्तन गर्नु पर्नेछ । फुटबलका अधिकांश घरेलु लिगहरु अगस्ट देखि अप्रिलसम्म हुने गरेका छन् । तर सन् २०२२ मा लिगको मितिमा परिमार्जन गर्नु पर्नेछ ।

‘आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइनेछ’, मस्कोमा आयोजित पत्रकार सम्मेलनमा जियान्नी इन्फान्टिनोले भने, ‘सबै लिगहरुलाई सूचना दिइसकिएको छ र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्नेछन् ।’

३२ टिम समावेश गरेर खेलाइने यो अन्तिम विश्वकप हुनेछ । सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button