भोलि कतारलाई आगामी विश्वकप आयोजनाको जिम्मा सुम्पिने

रोएटर्स
भोलि हुने फिफा विश्वकपको समापन समारोह बाट कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई आगामी विश्वकप आयोजनाको जिम्मा दिइँदैछ।
समापन समारोहमा अमिर ,फिफाको अध्यक्ष जियानी इन्फान्तिनो र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष उपस्थिति रहने रूसी समाचार माध्यमले जनाएको छ।
आईतबार अमिरले त्यहाँको राष्ट्रपति पुटिनसँग मध्यपूर्व क्षेत्रको स्थिति बारे छुट्टै छलफल गर्ने कार्यक्रम पनि रहेको छ।
कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्दैछ।