विश्वभर संक्रमित २१ लाख ८४ भन्दा बढी संक्रमित, मृतकको संख्या १ लाख ४६ हजार नाघ्यो

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार १७४ जनाको मृत्यु भएको थियो । दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६८ हजार ५०० नाघेको छ । स्पेनमा भने १९ भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८४ हजार ५०० नाघेको छ ।

कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार ९२० जना र बेलायतमा १३ हजार ७२९ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ८५७ जना, जर्मनीमा ४ हजार ९३ जना, नेदरल्यान्ड्समा ३ हजार ३१५ जना, स्वीट्जरल्यान्डमा १ हजार २८१ जना, स्वीडेनमा एक हजार २३३ जना र आयरल्यान्डमा ४८६ जनाको मृत्यु भएको छ ।

[COVID19-ROLL title_widget=”Worldwide” total_title=”Total” country_title=”Country” confirmed_title=”Cases” deaths_title=”Deaths” recovered_title=”Recovered”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button