११ सय केजी भन्दा बढी सुर्ती बरामद

क्युएनए
कतार भन्सार निरीक्षण विभागले लुकाएर ल्याइएको अवस्थामा ११०० केजी भन्दा बढी सुर्ती (तम्बाकु) बरामद गरेको छ। जहाज मार्फत हमाद बंदरगाहमा आएको सामान जाँच्ने क्रममा पानी हिटर भित्र सो मात्राको सुर्ती भेटिएको हो ।

एक्सरे मेसिन मार्फत समान जाँच्ने क्रममा हिटर भित्र सुर्ती लुकाएर ल्याइएको पत्ता लागेको थियो।जहाजलाई नियन्त्रणमा लिएर त्यसका सदस्यलाई कानुनी प्रक्रिया अगाडि बढाइएको विभागले बताएको छ।
यसअघि गत महिना पनि बन्दरगाहमा १० टन सुर्ती बरामद गरिएको थियो।कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ।