मन्त्रालयको कार्यक्रममा हजारौं दर्शक

आन्तरिक मन्त्रालयले ईद अल फित्रको अवसरमा एसियन टाउनमा रहेको क्रिकेट स्टेडियम अगाडी गरेको जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रममा हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो।

 

कार्यक्रममा मन्त्रालय अन्तर्गतको ट्राफिक,सिभिल डिफेन्स,कम्युनिटी पुलिस,अल फजा प्रहरी,लागुऔषध तथा मदिरा मामिला विभाग,सर्च एन्ड फलो अप विभाग र मानव अधिकार विभागहरुको सहभागिता रहेको थियो।

ईदको पहिलो र दोस्रो दिन आयोजित कार्यक्रममा नेपाल,भारत,फिलिपिन्स,पाकिस्तान लगायतका आप्रवासीहरुलाई मनोरञ्जन संगै पैदल यात्रुको सुरक्षा,ट्राफिक सुरक्षा,लागुऔषध प्रयोगको जोखिम,कतार प्रवेश गर्दा अरुको सामान ल्याउँदाको जोखिम,कतारमा औषधीको प्रक्रिया,आइडी बोक्नको महत्व,दुर्घटना स्थलमा जम्मा हुँदा र त्यसको फोटो खिच्दाको जोखिम,कतारको रिवाज र संस्कृति आदि बारे जनचेतनामूलक जानकारी दिइएको थियो।

कार्यक्रम कतारको आन्तरिक मन्त्रालय,एसियन टाउन व्यवस्थापन विभाग र विभिन्न आप्रवासी समुदायहरुको समन्वयमा आयोजना भएको थियो।साथै कार्यक्रममा ७०० बढी पुरस्कारहरु पनि प्रदान गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button