लड्र्समा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टिमको घोषणा (नामसहित)

यही जुलाई महिनाको अन्त्यमा (साउन १३ गते) क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले आज (मंगलबार)ं पारस खड्काको कप्तानीमा ४ वैकल्पिकसहित १५ सदस्सीय टोलीको घोषणा गरेको हो।

नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ ।

को को छन् त टोलीमा ?

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी, सुनिल धमला रहेका छन् ।

सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पूर्व क्रिकेटर महेला जयबर्धनेले गर्नेछन्। नेपालले सन् २०१५ पछि पहिलोपटक टी–ट्वान्टी खेल खेल्न लागेको हो। गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी–ट्वान्टी खेल्ने मौका पाएको हो ।

नेपालले एकदिवसीय क्रिकेटको डेब्यु खेल भने नेदरल्याण्डसँग खेल्दैछ । नेपालले अगस्ट १ र ३ मा घरेलु टोलीविरुद्ध एमस्ट्राडममा दुई एकदिवसीय खेल खेल्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button