एनआरएनए कतारले निशुल्क स्वास्थ्य शिविर गर्ने

तेजेन्द्र गैरे

 गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)कतारले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । 

गत महिना समितिको पाँचौं पूर्ण बैठकको निर्णय अनुसार संस्थाको सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिको सक्रियतामा अद्यौगीक क्षेत्र सनैयामा रहेको कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा जुलाई २७ को दिन एक दिने निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको हो । 

२७ तारिक शुक्रबारको  बिहान ९ बजेबाट सुरु हुने स्वास्थ्य शिविरमा कतारमा रहेका नेपाली संघ संस्थाहरु र कतारमा कार्यरत नेपालीहरुलाई उपस्थिति भै शिविरबाट लाभ लिनको लागी संस्थाले अनुरोध गरेको छ । 

शिविरमा ब्लड प्रेसर (रक्तचाप) जाँच, मधुमेह (सुगर) जाँच, बिएमआई जाँच , दातको जाँच गर्नुको साथै विशेषज्ञ द्वारा अन्य स्वास्थ्य जाँच गरिने प्रवक्ता अशोक तामाङ्ले जानकारी गराएका छन् । 

उक्त दिनको जाँच पश्चात उपचार गर्नु परेमा २० देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था पनि रहेको तामाङले जानकारी गराएका छन् ।

एनआरएनए कतारको सूचना यस्तो छ :

कान्तिपुर मेडिकल जाने बाटो 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button