टर्कीमा दुई बर्षदेखि जारी संकटकालीन अवस्था अन्त्यको घोषणा

टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषणा गरेको छ । राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो ।

यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि जनाएको छ । संकटकालीन अवस्थाको दौरान एक लाख भन्दा बढि व्यक्तिलाई जागिरबाट बर्खास्त गरिएको थियो ।

अहिले पनि झण्डै पचास हजार मानिस थुनामा रहेका अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन् । थुनामा रहेका व्यक्तिहरुलाई अमेरिकामा निर्वासित इस्लामिक नेता फतेउल्लाहा गुलेनको समर्थक रहेको आरोप लगाइएको छ, अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button