मोदी माथिको अविश्वास प्रस्ताव फेल, राहुलले गरे मोदीलाई अंकमाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फेल भएको छ ।
शुक्रबार करिब ११ घण्टा लामो बहसपछि प्रधानमन्त्री मोदी पास भएका छन् । विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले बिहीबार दर्ता गराएको अविस्वास प्रस्तावलार्इ फेल गराउँदै मोदी आफ्नो पक्षमा बहुमत रहेको सावित गराउन सफल भए ।
संसदमा जम्मा खसेको ४५१ मतमध्ये प्रस्तावको पक्षमा जम्मा १२६ मत परेको छ भने प्रधानमन्त्री मोदीको पक्षमा अथवा प्रस्तावको पक्षमा ३२५ मत खसेको बीबीसीले जनाएको छ । भोटिङ हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीलार्इ संसदलार्इ सम्बोधन गर्दै विपक्षी कंग्रेससँग मोदी हटाउ आफ्नो एकमात्र मुद्दा भएको बताएका थिए । त्यस समयमा विपक्षीले संसदमा नाराबाजी जारी राखेका थिए ।
तर शुक्रबार नै भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठकमा सहभागी हुने क्रममा संसद भवनको बैठक कक्षमा भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीलाई अनपेक्षित रूपमा अंकमाल गरेका थिए । यस घटनाले निकै चर्चा समेत पायो ।
भारतीय संसदमा प्रधानमन्त्री मोदीका विरुद्ध बिहीबार प्रतिपक्षी दल कँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्टै शुक्रबार अध्यक्ष राहुलले मोदीलाई अंकमाल गरेकाले बढी चर्चा भएको बताइएको छ । – नारायणी अन्लाईन