बिज्ञापन

नेपालमा हुनेछ ‘जी सिने अवार्ड’, हरेक वर्ष नेपाली चलचित्रलाई पनि अवार्ड दिने

भारतीय टेलिभिजन जिटिभीले हरेक वर्ष गर्दै आएको अवार्ड- ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा आयोजना गर्ने भएको छ ।

आउँदो नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजनागर्नका लागि एस्सेल ग्रुपका प्रमूख तथा जी–इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जयाप्रदा र प्रधानमन्त्री केपी ओली बिच शनिबार प्रम निवास बालुवाटारमा भेट वार्ता भएको थियो।

भेटअघि भारतीय समुह फिल्म सिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो । अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि. का अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको बताए । उनले ती ठाउँको प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको बताए । चन्द्राले यो वर्ष देखी अब हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणा गरे ।

भेटमा प्रधानमन्त्रीले जीसिने अवार्ड समारोहकै अघिपछिको मिति पारेर काठमाण्डौमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गरे । नेपाली कलाकारहरु समेतको उपस्थितिमा भएको भेटघाटमा प्रधानमन्त्रीले जयाप्रदाले नेपालभारत सम्बन्धकालागि साँस्कृतिक राजदूतको भूमिकानिर्वाह गर्दै आएको बताए । त्यस अवसरमा वरिष्ठ भारतीय राजनीतिकर्मी तथा राज्य सभा सदस्य अमर सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्रभारत पनि सुखी र खुसीहुन सक्ने धारणा राखे ।

भेटघाटका अवसरमा नेपालका वरिष्ठ सिने कलाकार नीर शाहले नेपाली फिल्म उधोगको समग्र अवस्थाको जानकारी प्रस्तुत गर्दै भारतमा नेपालीभाषीहरुको ठूलो जनसंख्या रहे पनि विभिन्न कारणले गर्दा नेपाली फिल्महरुको प्रदर्शन हुन नसकिरहेको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष सक्रियता र निर्देशक दिनेश डिसीको संयोजनमा जी टेलिभिजनको एक टोली नेपाल आएको हो ।नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’लाई लक्षित गरेर सो अवार्ड नेपालमा गर्न लागिएको हो र यसले नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा पनि ठुलो टेवा पुग्ने आशा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button