रवि लामिछानेका समर्थकद्वारा पोखरामा प्रदर्शन

काठमाडौँ, कात्तिक २०-
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरुले पोखरामा प्रदर्शन गरेका छन् ।
सहकारी ठगी प्रकरणमा सभापति लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै मंगलबार पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेको बताइएको छ । लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर सरकारमाथि दबाब बढाइरहेका हुन् ।
लामिछाने गत कात्तिक ३ मा काठमाडौँबाट पक्राउ परेका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो