बिज्ञापन

बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौँ, मंसिर १९-

नेकपा (माओवादी केन्द्र) को प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जन प्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले सो चेक हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै अध्यक्ष दाहालले विपतपछि उद्धार, राहत र पुनःस्थापनाको काममा आफ्नो पार्टीले सक्दो पहलकदमी गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले लाखौँ युवा प्रवासमा रहेकाले उनीहरुलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्न सक्ने वातावरणको सिर्जना गर्न पार्टीको प्रवास समिति लाग्नुपर्ने बताउनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button