क्युएफसिए र वरिडुद्धारा दुई सय नेपाली कामदारलाई उपहार

कतार वित्तीय केन्द्र प्राधिकारी (क्युएफसिए) ले रमदान संगठित सामजिक जिम्मेवारी अभियान “सन्दवौक” संन्चालन गरेको छ । अभियान अन्र्तगत म्शैइरेब डाउन टाउन दोहा को निर्माणाधिन कार्यमा रहेका २०० भन्दा बढी नेपाली कामदारलाई उपहार बक्स प्रदान गरको छ । अभियानलाई म्शैइरेब प्रपर्टीजले समन्वय गरेको थियो ।
कामदारलाई बच्चाको खेल्ने सामान,शिक्षण साम्रगी, घरेलु सामान तथा अन्य सामानको सूची बाट छान्न लगाइएको थियो । क्युएफसिए ले सामानको खर्च संगै कार्गो शुल्क पनि आफैले व्यबस्था गरेको छ ।
त्यस्तै कतारको टेलिकमले वरिडुले पनि कामदारले पाएको उपहारको घरमा जानकारी दिन निःशुल्क फोन बुथ सन्चालन गरेको थियो । साथै वेरेडुले २०० कामदारलाई कलिङ्ग कार्ड पनि उपहार स्वरुप प्रदान गरेको थियो ।
अभियानका दुत शेख मोहम्मद अबदुल्लाह अल थानीको नेतृत्वमा उक्त छानिएका सामानलाई प्याक गर्न अल नुर इन्सटिच्युट,अम्ना मह्मौद अल जैदा प्राइमेरी गल्र्स स्कुल र रशद इन्डीपेन्डेन्ट ब्याइज स्कुलका स्वयमसेवकहरुले सहयोग गरेका थिए ।
अभियानका लागि र नेपाली जनसमुदायको उपलब्धि र योगदानलाई पहिचान गरेकोमा नेपाली प्रतिनिधी प्रमुख मणिरत्न शर्माले क्युएफसिए,अभियानका सहयोगी, म्शैइरेब प्रपर्टीज र वरेडुलाई धन्यवाद व्यक्त गर्नुभयो ।