आफ्नो पहिलो खेलमै सन्दीपले लिए विकेट (हेर्नुस् भिडियो)

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको डेब्यु खेलमै नेपाली लेग स्पिनर सन्दिप लामिछानेले विकेट लिएका छन् ।

दिल्ली डेयरडेभिल्सलाई दोस्रो सफलता दिलाउने क्रममा सन्दिपले रोयल च्यालेन्जर्स बैंङलोरका पार्थिव पटेललाई एलबी डब्लु धरापमा पारे । इनिङ पहिलो ओभर लिएरै मैदानमा उत्रिएका सन्दिपले दोस्रो ओभरमा दिल्लीलाई सफलता दिलाए । सन्दिपले ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका छन् । उनले दुई चौका र एक छक्का मात्र खाएका छन् ।

चितवन घर भएका सन्दीप पहिलो पटक आईपीएल खेल्ने नेपाली खेलाडीको इतिहास रचेका छन् । सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो । ११ खेल सम्म बेन्चमा बसेका सन्दीपले आज पहिलो पटक खेल्न पाएका हुन् ।

भिडियो नखुले यो लिंकमा क्लिक गर्नुहोस् । : https://www.iplt20.com/video/136400

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button