अन्तराष्ट्रिय अदालत कतारको पक्षमा

अल जजिरा
संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तराष्ट्रिय अदालत (आईसीजे) ले कतारको पक्षमा सुनुवाई गरेको छ। अदालतले हिजो गरेको सुनुवाईमा जारी नाकाबन्दीको समयमा युएईले कतारी नागरिक विरुद्ध जातीय भेदभाव गरेको भन्दै चाँडो समस्या सुल्झाउन आदेश दिएको छ।
नाकाबन्दीको कारण अलग भएका कतारी परिवारलाई पुनर्मिलन तथा न्यायिक सेवा प्रयोग गर्न दिन अदालतले युएईलाई भनेको छ। त्यस्तै युएईमा अध्ययनरत कतारी विद्यार्थीलाई पढाई पुरा गर्न दिन वा अन्यत्र पढ्न आवश्यक रेकर्ड प्रदान गर्न पनि आदेश दिएको छ।
गत महिनामा कतारले युएईले आफ्नो नागरिक विरुद्ध गरेको मानव अधिकार उल्लंघनको विषयमा अन्तराष्ट्रिय न्याय अदालतमा मुद्धा दर्ता गरेको थियो। कतारको विदेश मन्त्रालयका प्रवक्ता लुल्वा अल खतेरले अदालतको फैसलाको स्वागत गरेकी छिन् ।
नाकाबन्दीका कारण युएईमा रहेका झण्डै १३००० कतारी नागरिक प्रभावित भएका थिए ।