‘मेट्राश २’ बाट फेमिली भिसा निकाल्न सकिने

क्युएनए

कतारमा कार्यरत आप्रवासी बासिन्दाले अब मेट्राश २ एप्प तथा मन्त्रालयको वेबसाइट बाटै फेमिली भिसा निकाल्न मिल्ने भएको छ। आन्तरिक मन्त्रालयले आज बाट सुरु गरेको यस विद्युतीय सेवा बाट आप्रबसीहरुले आफ्नो श्रीमती,बालबच्चा,आमा,बुवा लगायत आफन्तको लागि भ्रमण भिसा निकाल्न पाइने भएको हो। यसअघि भिसा प्रक्रियाको लागि सरकारी कार्यालय मै गएर आवेदन दिनुपर्ने अवस्था रहेको थियो।

‘मन्त्रालयले उपलब्ध गराएको विद्युतीय सेवा बाट अन्य १५० भन्दा बढी सरकारी सेवा सँगै अब परिवारको भ्रमण भिसाका लागि पनि आवेदन दिन मिल्नेछ ,’आप्रवासी मामिला तथा राहदानी विभागका प्रमुख ब्रिगेडियर अब्दुल्लाह अल अलि मोहन्नदीले बताएका छन्।

सेवा प्रयोग गर्न एप्प वा वेबसाइट मा सोधिएका आवश्यक कागजपत्र अपलोड गर्नुपर्नेछ। त्यस्तै निवेदनको प्रक्रिया स्थिति बारे बुझ्न र स्वीकृत भएमा लाग्ने शुल्क पनि यसै मार्फत बुझाउन सकिन्छ। निवेदन फारममा कुनै कागजात छुटे वा गडबड भए मोबाइल नम्बरमा जानकारी गराउने मन्त्रालयले जनाएको छ।

फेमिली भिसाको लागि गत मे महिनामा आप्रवासी मामिला विभागमा १५,५०० र राहदानी विभागमा ५३,००० निवेदन परेको थियो।

यो पनि पढ्नुहोस :  “मेट्राश २” एप्प बारे थाहा छ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button