नेपाल एयरलाइन्समा काठमाडौं–दोहाको दोहोरो भाडा १८ हजार मात्रै

उज्ज्यालो अनलाइन

नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज ‘अन्नपूर्णले’ अगष्ट १ तारिख अर्थात यही साउनको १६ गतेदेखि कतारको दोहा उडान गर्दैछ । २ सय ७४ सिटको जहाज जापान, कोरियालगायतका गन्तव्यलाई लक्षित गरेर ल्याइए पनि सुरुमा कतार, दुबई लगायतका गन्तव्यमा उडान गर्दैछ । 

निगमले नयाँ विमान र नेपाल वायुसेवा निगमका अरु जहाजमा यात्रु आकर्षित गर्न सस्तो भाडादारमा दोहा उडान गर्ने जनाएको छ । निगमको नयाँ जहाजमा १८ हजार रुपैयाँमा काठमाडौंबाट दोहाको दोहोरो टिकट पाउन सकिने निगमले जनाएको छ । एकतर्फीको लागि भने ११ हजार रुपैयाँ तिर्नुुपर्ने छ । यो रकम करबाहेकको हो ।

‘हामीले जहाज ल्याएपछि प्रमोसनल फेयर गरौं भनेर १८ हजार रुपैयाँमा टु वे र ११ हजार रुपैयाँमा वन वे फेयरको व्यवस्था गरेका छौँ’, निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीसँग जहाज थपिँदैछन्, त्यसैले अरु एयरलाइन्स भन्दा सस्तो मूल्यमा उडान गरेर बजार विस्तार गर्ने लक्ष्यअनुसार दोहाको लागि सस्तो फेयरमा उडान गर्ने योजना बनाएका छौँ ।’

निगमको दोस्रो वाइडबडी जहाज भोलि बिहीबार काठमाडौं आउँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button