कतारको इन्टरनेट विश्वकै सबैभन्दा छिटो

इन्टरनेट स्पीड जाँच गर्ने उकला इन्टरनेट स्पीड मिटरको तथ्याङ्कमा कतारको इन्टरनेट सेवा विश्वकै सबैभन्दा द्रुत रहेको पाइएको छ। तथ्याङ्क अनुसार कतारको इन्टरनेट अरु देशको साधारण गति भन्दा झण्डै तीन गुणाले बढी हो।

 

उकला इन्टरनेट स्पीड जाँचले मासिक रुपमा विश्वभरका इन्टरनेट डाटाको तथ्याङ्क सङ्कलन गर्ने गर्दछ। ookla.com बाट हेर्न सकिने इन्टरनेट स्पीड जाँच तथ्याङ्कको अनुसार कतारको इन्टरनेट डाउनलोड गति ६३.२२ एमबिपिएस रहेको छ। त्यस्तै विश्वभरका अन्य इन्टरनेट डाटाको गति साधारणतया २३.५४ एमबिपिएसले मात्र रहेको छ।

कतारले हालसालै विश्वकै पहिलो ५ जी नेटवर्क इन्टरनेट सेवाको सुरुवात पनि गरेको छ। हाल परीक्षणमा रहेको ५ जी नेटवर्क सेवा सञ्चालनमा आएपछि १ जीबी डाटा १ सेकेन्ड भन्दा कम समयमा डाउनलोड हुनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button