अब नेपालको पनि हुनेछ ई-पासपोर्ट

नेपाल सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई-पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा गरेको छ । केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई-पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो ।

एमआरपीमा पासपोर्टवाहकको केही व्यक्तिगत सूचना मात्र समेटिन्छ। तर ई–पासपोर्टमा व्यक्तिगत सूचनासँगै वाहकको ‘बायोमेट्रिक डाटा’ सम्म राखिन्छ, जसले पासपोर्टलाई थप सुरक्षित बनाउँछ। 

त्यस्तै ई–पासपोर्टमा चिपको प्रयोग हुन्छ, जहाँ पासपोर्टवाहकको औंठा छाप, आँखाको नानी र तस्बिर पनि राखिन्छ। विकसित अधिकांश राष्ट्रले ई–पासपोर्टलाई प्रयोगमा ल्याइसकेका छन्। आइकाओले ई–पासपोर्टमा जान अनिवार्य नगरे पनि सुरक्षाका दृष्टिकोणले अहिले विश्वका सबै राष्ट्रहरु ई–पासपोर्टमा जाने तयारीमा छन्। आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button