कुवेतमा ३ हजारभन्दा धेरै विदेशी कामदारको सम्झौता रद्द, अवैधानिक कामदारलाई देश निकाला गरिंदै

कुवेत – कुवेतले सार्वजनिक क्षेत्रमा काम गर्ने तीन हजारभन्दा धेरै विदेशी कामदारको सम्झौदा रद्द गरेको छ । 

कुवेतको सार्वजनिक क्षेत्रमा काम गर्ने विदेशी नागरिकको ठाउँमा कुवेतकै नागरिकलाई अवसर दिने उदेश्यले तीन हजार १ सय ४० जना विदेशी नागरिकको सम्झौता रद्द गरिएको कुवेतको सिभिल सर्भिस कमिसनलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । 

सार्वजनिक क्षेत्रमा काम गर्ने विदेशी नागरिक धेरै भएकाले अब आफ्नै नागरिकलाई नै प्राथमिकता दिने कुवेत सरकारले नीति लिएको छ । 

त्यस्तै, कुवेतले अवैधानिक रुपमा बसिरहेका विदेशी नागरिकलाई देश निकाला गर्ने क्रम पनि तीव्र रुपमा अघि बढाएको छ । आफ्नो देशमा एक लाखभन्दा धेरै अवैधानिक कामदार रहेको कुवेतको अनुमान छ । त्यसमध्येमा पनि सबैभन्दा धेरै भारतीय नागरिक रहेको कुवेतले जनाएको छ । 

अवैधानिक रुपमा रहेका विदेशी नागरिक धेरैजसो घरेलु कामदारका रुपमा रहेका छन् । गएको जनवरीमा कुवेतले अवैधानिक रुपमा रहेका विदेशी नागरिकलाई कुवेत छाड्न आममाफीको समय दिएको थियो । 

त्यो समयमा विभिन्न देशमा दूतावासले आफ्ना कति नागरिकले कुवेत छाडे भन्ने तथ्याङ्क पनि दिएका थिए । तर आममाफीको समयमा पनि स्वदेश नफर्किएका विदेशी नागरिकलाई देश निकाला गर्न कुवेतले कदम अघि बढाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button