सिलिन्डर साट्ने म्याद अगस्ट १५ सम्म

कतार इन्धन कम्पनी (वकुद) ले खाना पकाउने फलामको ग्यास सिलिन्डर संग हलुका “सफाफ” सिलेन्डर साट्न सुरु गरेको प्रमोसन अब दुई हप्ता मात्रै बाँकी रहेको छ ।

प्रमोसन अन्तर्गत खाना पकाउने पुरानो निलो फलामे सिलिन्डर संग नयाँ अत्याधुनिक तरिकाले निर्माण गरिएको हलुका सफाफ सिलिन्डर १२० रियालको छुटमा साट्न पाइन्छ। नयाँ सिलिन्डर खरिद गर्न भने ६ केजी लाई २८३ र १२ केजी लाई ३६५ रियाल लाग्दछ।

कम्पनीले यसै वर्ष मे १५ बाट दिएको अफर आउँदो अगस्ट १५ मा सकिँदैछ। त्यसपश्चात फलामको सिलिन्डर भर्न बन्द गर्ने कम्पनीले बताएको छ।

वकुदको अनुसार पहिलेको फलामे सिलिन्डर भन्दा बढी सुरक्षाका निमित्त उच्च स्तरका साथ डिजाइन भएको सफाफ सिलिन्डर अगालागीको बेला आगो प्रतिरोधात्मक र बिस्फोट समेत नहुने गरी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button