कर्नेश नजिकैको दुई वटा रोड बन्द रहने

दोहा मेट्रो प्रोजेक्ट अन्तर्गतको स्टेशन निर्माण कार्य गर्नका लागि आज बाट कर्नेश नजिकको दुई वटा रोड बन्द हुने भएको छ। दोहा कर्नेशमा पर्ने मजलिस अल तावन र ओमर अल मुख्तार रोड अगस्ट १९ तारिख सम्म आंशिक बन्द हुन लागेको हो।
कर्नेश,वेस्ट बे र डि इ सिसी मेट्रो स्टेशनको निर्माण कार्यका लागि रोड बन्द हुनेछ। यस अवधिभर राती ११ बजे देखि बिहान ५ बजे सम्म यी रोडहरुमा सवारी प्रतिबन्ध गरिने कतार रेलले जनाएको छ।
रेलवे प्रोजेक्टको कार्यको जिम्मा लिएको कतार रेलले निर्माण कार्य तीब्र पार्दै यो वर्षको अन्त्य सम्म प्राय स्थानको मेट्रो स्टेशन निर्माण कार्य सकिने बताएको छ। गत मे महिनाको अन्त्य सम्म दोहा मेट्रो प्रोजेक्टको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको थियो।