वरिडु र भोडाफोनले नेटवर्कको नाम परिवर्तन गर्यो

कतारको समर्थन र अमिर संगको यक्यबद्धता जनाउन टेलिकम कम्पनी वरिडु र भोडाफोनले आफ्नो नेटवर्कको नाम हिजो तमिम अलमज्द मा परिवर्तन गरेको छ।

तमिम अलमज्द(तमिम हाम्रो महिमा) नारा छिमेकी राष्ट्रहरुले कतार संगको सम्बन्ध तोडेपछि निकै नै चर्चामा रहेको छ।यो कतार राज्यको एकताको प्रतिक जस्तै भएको छ।साथै यो नारा अमिरको फोटो सहित देशभरीको सवारी साधन,पर्खाल तथा भवनहरुमा आजभोली देख्छन पाईन्छ।

हिजो वरिडुले आफ्नो ट्विटर मार्फत नेटवर्कको नाम परिवर्तन गरेको सुचना दिएको थियो।साथै कुनै पनि आउटलेटहरु बाट नेटवर्कको नाम तमिम अल मज्दमा परिवर्तन गर्न सकिने वरिडुले थप जानकारी दिएको छ।

अर्को टेलिकम भोडाफोनले पनि आफ्नो फेसबुक पेज मार्फत नेटवर्कको नाम परिवर्तन गरिएको जानकारी दिएको थियो।आफ्नो नेटवर्कको नाम कतारको अमिर तमिम बिन हमद बिन अल थानी संग जोड्न पाउँदा गर्वको महशुस गरेको जनाएको छ।

कतार पोष्टले पनि हालसालै अमिरको फोटो सहित तमिम अलमज्द लेखिएको स्ट्याम्प सार्वजनिक गरेको छ।नेटवर्क नाम परिवर्तन गरेसंगै टेलिकम कम्पनीहरुलाई यतिखेर सामाजिक सञ्जालको पेजहरुमा धन्यवादको ओहिरो लागेको छ।

उता छिमेकी राष्ट्रहरुमा भने कतारको समर्थन गर्ने कुनै पनि क्रिसाकलाप गरेमा नगद जरिवाना सहित १५ वर्ष सम्मको जेल सजाय तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button