अफिफ एसियाकै सर्वोत्कृष्ट खेलाडी घोषित

कतारको राष्ट्रिय फुटबल खेलाडी तथा अल साद्द क्लबका स्ट्राइकर अक्रम अफिफले एसियन फुटबल कन्फिडेरेशन (एएफसी) द्वारा २०१९ वर्ष खेलाडी घोषित भएका छन् । हिजो हङ्कङमा भएको कार्यक्रममा अफिफलाई सो अवार्ड प्रदान गरिएको हो ।
उक्त अवार्ड पाउने अफिफ तेस्रो कतारी बनेका छन् ।
गत वर्ष कतारले एसियन कपको उपाधी जित्दा अफिफको योगदान रहेको थियो । उनकै सहयोगमा अल साद्द क्लब यो वर्षको एएफसी च्याम्पियन्स लिगमा सेमिफाइनल सम्म पुग्न सफल भयो । कतारमा जारी अरबियन गल्फमा हिजो भएको युएई विरुद्धको खेलमा पनि अफिफले पहिलो दुई गोल गरेका थिए ।
अवार्ड पाए लगत्तै उनले एक भिडियो मार्फत आफ्नो परिवार, एएफसी,राष्ट्रिय टिमका खेलाडी प्रशिक्षक ,व्यवस्थापन समिति र एस्पाएर लाई धन्यवाद दिएका छन् ।
यसअघि गत वर्ष अल साद्दकै अब्देल करिम हस्सन र सन् २००६ मा खल्फन इब्राहिमले एएफसीको यस अवार्ड जितेका थिए ।