रातो बत्ती काट्दा ६ हजार रियाल जरिवाना

यस वर्षको आधा महिना सम्म आइपुग्दा ५१ हजार तिब्र गति सँगै जम्मा ६७०० रातो बत्ती काटेको सवारी नियम उल्लङ्घनको तथ्याङ्क  कतार ट्राफिक विभागले सार्वजनिक गरेको छ।

सडक इन्जिनरिङ विभाग अन्तर्गतको ट्राफिक प्लानिङ्ग शाखाका प्रमुख क्याप्टेन मोहम्मद मिसफर अल हज्रीले ट्राफिक विभागको मुख्य कार्यालयमा हिजो भएको पत्रकार सम्मेलनमा बोल्दै सवारी नियम तथा सुरक्षाका विषयमा जानकार गराएका थिए । 

ट्राफिक विभागले हाल सञ्चालन गरिरहेको ‘दुर्घटना रहित समर’ अभियान सफल पार्न सबै सवारी चालक तथा ट्राफिक नियम बारे सर्वसाधारणलाई जानकारी दिनको लागि हातेमालो गर्न सम्पूर्ण मिडियाकर्मीलाई समेत विभागले आग्रह गरेको छ।  

तिब्र गति र रातो बत्ती काट्दा हुने सबै भन्दा बढी दुर्घटना बारे जागरण गराउन विभागद्वारा जारी अभियान अन्तर्गत यो हप्ता ती विषय मुख्य एजेण्डा रहेको छ। 

पत्रकार सम्मेलनमा बोल्दै ट्राफिक विभागको मातहतमा रहेको सूचना तथा जागरण समितका प्रमुख कर्नेल मोहम्मद रधी अल हाज्रीले रातो बत्तीको सिग्नल काट्दा ६ हजार रियाल सँगै ७ माइनस पोइन्ट जरिवाना हुने नियम रहेको जानकारी दिएका छन्। 

त्यस्तै सवारी चालकले मात्र नभएर पैदयात्रीले समेत ट्राफिक नियम पालना गर्नुपर्ने कर्नेल हाज्रीले बताए। जथाभावी सडक काट्ने पैदयात्रीलाई समेत ५०० रियाल जरिवाना हुने ट्राफिक नियम रहेको उनले थपे।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button