कतारमा थला पर्यो नेपाल वायु सेवा निगमको एयरबस

इन्जिनमा समस्या देखिएपछि नेपाल वायु सेवा निगमको न्यारो बडी एयर बस कतारमै रोकिएको छ ।
शनिबार बेलुका काठमाडौँ फर्किने तालिका रहेको निगमको ए३२० सिरिजको उक्त एयरबस दोहामै ग्राउन्डेड भएको हो । यो जहाज शनिबार बिहान काठमाडौँबाट दोहा गएको थियो ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार इन्जिनमा आएको समस्यासम्बन्धी रिपोर्ट कम्पनीमा पठाइसकिएकाले मर्मत सकेर जहाज सोमबारसम्म काठमाडौँ आइपुग्ने बताए ।
यो जहाज यसअघि इन्जिनमा समस्या आउँदा भारतको राजधानी नयाँदिल्लीमा १५ दिन भन्दा धेरै समय ग्राउन्डेड भएको थियो ।
यो जहाजमा समस्या देखिएपछि निगमको अन्तर्राष्ट्रिय उडान तालिकासमेत प्रभावित भएको छ । निगमले अहिले दुईवटा न्यारोबडी र एउटा बोइङमार्फत् अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेको छ । असार १४ गते फ्रान्सबाट आइपुगेको पहिलो वाइडबडी एयरबसले पनि केही दिन अघिदेखि व्यवसायिक उडान थालिसकेको छ ।