विप्लवका प्रवक्तालाई थप ३ दिन थुनामा राख्न अनुमति

 काठमाडौं जिल्ला अदालतले चन्दा असुलीको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ। 

विश्वकर्मा चन्दा असुलीको आरोपमा चालक र सहयोगीसहित साउन २२ गते दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ परेका थिए। 

उनीमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले १५ दिनको समय माग गरेपनि अदालतले थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो। ७ करोड रुपैयाँ चन्दा असुलेको आरोपमा उनीमाथि चन्दा असुल ऐन अन्तर्गत अनुसन्धान भइरहकाे काठमाडाैं प्रहरी प्रमुख एसएसपी विश्वराज पाेखरेलले जानकारी दिए। 

उनका अनुसार विश्वकर्मामाथि अनुसन्धानका लागि यसअघि अदालतले ५ दिनको समय दिएको नागरिक ले लेखेको छ । 

यसैबीच विश्वकर्माको रिहाइको माग गर्दै आजै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ। विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button