सन्दिप, सोमपाल र ज्ञानेन्द्र आइसिसि एकदिवसीय बरियतामा

नेपालका तीन खेलाडीलाईसमावेश गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ।

सार्वजनिक भएको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्।

२ ओडिआईबाट ४ विकेट लिएका सन्दिप बलिङ बरियताको २१७औं स्थानमा परेका छन्।

यस्तै समान २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी २२९ औं स्थानमा र समान २ खेलबाट एक अर्धसतकसहित ६४ रन बनाएका ज्ञानेन्द्र मल्ल २३६ औं स्थानमा समावेश छन्।

नेदरल्याण्ड्ससँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको आईसीसीले जनाएको छ ।

यस्तै नेदरल्याण्ड्ससँग दुई वटा मात्रै एकदिवसीय खेल खेलेको नेपालले टिम वरियतामा स्थान पाउन अझै दुई खेल खेल्नुपर्छ।

केही दिनअघि आइसिसिले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा पनि ब्याटिङमा नेपालका पारस खड्का र शरद भेषावकर तथा बलिङमा बसन्त रेग्मी र सोमपाल कामी समावेश भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button