दूतावासले भोलि छलफल कार्यक्रम गर्ने

श्रमिकको समस्या समाधान गर्न यतिखेर लागि परेको कतारस्थित नेपाली दूतावासले  संघसंस्था तथा नेपाली समुदायसँग भोलि अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ। शेरिङ एण्ड हेरिङ (सुन्ने/बाड्ने) नाम दिइएको सो कार्यक्रम मार्फत कतारमा रहेका संघसंस्था बीच सम्बन्ध सुदृढ गर्न तथा श्रमिकको अवस्था,समस्या लगायत विविध विषयमा छलफल गर्ने गरिन्छ ।

 

कार्यक्रममा नेपाली राजदूतावास लगायत नेपाल सरकारका सम्बन्धित निकायहरुबाट श्रम व्यवस्थापन, श्रमिकहरुको हक हित, सुरक्षा सुनिश्चितता र कल्याणकारी कार्य प्रवर्द्धन गर्नका लागि अवलम्वन गर्नुपर्ने नीतिगत, प्रकृयागत तथा व्यावहारिक पक्षहरुका बारेमा कतारमा अवस्थित नेपाली समुदाय, संघ संस्था, कामदारहरु लगायत अन्यसँग अन्तरक्रियात्मक छलफल गर्ने र सुझावहरु लिने कार्यक्रम रहेकोले सम्बन्धित नेपाली श्रमिकहरु, पीडित कामदारहरु, नेपाली समुदाय, संघ संस्थाका प्रतिनिधिहरुलाई आ-आफ्नो राय सुझाव सहित उपस्थित भइदिन दूतावासले आग्रह समेत गरेको छ ।

कार्यक्रम वारे थप जानकारीको लागि दूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्न सकिनेछ।

मासिक रुपमा संचालन हुने यस कार्यक्रमको छैठौं संस्करण ऐन खलिद स्थित नेपाली राजदूतावासको चान्सरी भवनमा भोलि शुक्रबार अगस्ट १७ तारिख दिउँसो दुई बजे बाट सञ्चालन हुँदैछ।सामाजिक सञ्जालमा दूतावास बारे विभिन्न टिकाटिप्पणी चलेपनि पीडित श्रमिकहरु कार्यक्रममा सोचे जस्तो उपस्थित नभएको दूतावासको गुनासो छ।

दूतावास जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button