कतारमा कहाँ कहाँ छ समुन्द्री किनारा ?

कतारमा परिवारका लागि र सार्वजनिक गरेर जम्मा ६ वटा (बढी प्रयोगमा) समुन्द्री किनारा रहेको छ । यो छुट्टि मा समुन्द्र घुम्न जाने सोच बनाउनु भएको छ भने यो जानकारी तपाइलाई काम लग्न सक्छ ।

परिवारको लागि मात्र:

 

सिमाइस्मा

सिमाइस्मा दोहाको उत्तरी भागमा अवस्थित अल दाइन नगरपालिकामा रहेको छ। यो गाउँ सन् १९३८ मा स्थानीय माझी बाट बनाइएको हो। यो अल खोर हाइवे बाट मज्जाले देख्न सकिन्छ। दोहा बाट ४४ किलोमीटरमा रहेको यस बीचमा समुन्द्री किनारको बालुवा भिजेर चिप्लो हुने हुँदा बच्चाहरूको लागि खेल्न रमाइलो हुन सक्छ। बीच नजिकै खेल मैदान,शौचालय, पार्किङ्ग,मस्जिद,छहारी तथा क्यान्टिन उपलब्ध छन्।

सिमाइस्मा बीच जाने बाटो

फिर्किया

अल खोर बाट पुर्ब तर्फ पर्ने फर्किया किनारा सुविधा सम्पन्न पारिवारिक बीच हो। क्यान्टिन ,सडक,बत्ती,लगायत परिवारको लागि अलग स्थान यस बीचमा उपलब्ध छन्।

 

फर्किया बीच जाने बाटो

अल थकिरा

अल थकिरा समुन्द्री किनारा दोहा बाट ६४ किलोमीटरको दूरीमा रहेको छ। यो बीच मान्छेले बनाएको जंगल तथा चरा अवलोकन गर्नका लागि प्रख्यात छ। धेरै ढुङ्गा तथा हिलो धेरै हुनाले यहाँ पौडी खेल्न खासै उपयुक्त हुँदैन। तर बस्नको लागि बेन्च,सोलार जडित बत्ती तथा बच्चाहरूको खेल्ने ठाउँ यहाँ उपलब्ध छ।

थकिरा बीच जाने बाटो

अल वक्रा

पुरानो माझी बस्ती भनेर चिनिने अल वक्रा सहर दुई सय वर्ष पुरानो मानिन्छ। त्यहाँको अल जबल स्थानमा रहेको यस पारिवारिक समुन्द्री किनारमा भलीबल,फुटबल, छहारी,नुहाउने ठाउँ,शौचालय र क्यान्टिनको ब्यबस्था रहेको छ।

 

अल वक्रा बीच जाने बाटो

सार्वजनिक :

घरिया बीच

फुवाइरित बीच बाट जम्मा ४.५ किलोमीटरमा रहेको यस घरिया बीच जाडो महिनामा मरुभूमि क्याम्प र गर्मीमा घुमन्तेहरुको लागि प्रचलित छ। ढुङ्गा भन्दा धेरै बालुवा रहेको यहाँ पनि कुनै पसल वा शौचालय भेट्न गाह्रो पर्नेछ।

घरिया बीच जाने बाटो 

फुवाइरित बीच

दोहा बाट उत्तर तर्फ पर्ने फुवाइरित बीच एक घन्टाको पुग्न घण्टाको समय लाग्दछ। यो समुन्द्री किनारा कछुवाको गुँड बनाउने सिजनमा बन्द रहने गर्दछ। शान्त वातावरण सँगै तातो पानी रहेको यहाँ कुनै पसल तथा शौचालय उपलब्ध छैन। त्यसैले यहाँ जान आफैले खानेकुरा सँगै अन्य आवश्यक सामान लानु बुद्धिमानी हुनेछ।

फुवाइरित बीच जाने बाटो 

सिलाइन बीच (होमसाइड)

कतारमा प्राय प्रचलित समुन्द्री किनार हो सिलाइन बीच। यसलाई होमसाइड भनेर पनि चिनिन्छ । यो दोहा बाट दक्षिण तर्फ झण्डै साढे एक घण्टाको यात्रामा पुग्न सकिन्छ। बालुवामा खेल्न, उट चढ्न,जेट स्की गर्न ,बालुवाको पहाडमा सानो बाइक तथा गाडी कुदाउन यो बीच प्रसिद्ध छ। यहाँ नजिकै एक सुबिधा सम्पन्न रिसोर्ट पनि रहेको छ। सार्वजनिक बीच भएको कारण यहाँ छुट्टीको समयमा बढी मानिस भेटिन्छन्। त्यस्तै यहाँ शौचालयको सुविधा पनि छैन।

सिलाइन बीच जाने बाटो 

उम बाब

उम बाबको पश्चिमी तटमा अवस्थित यस ख्रैज बीच अर्को आकर्षक समुन्द्री किनार हो। यहाँ छहारीको लागि छाता, बार्बिक्यु ग्रिल ,शौचालय,क्यान्टिन, बच्चाको लागि खेल्ने ठाउँ लगायत रातको समयको लागि बत्ती पनि उपलब्ध छ।

ख्रैज बीच जाने बाटो

दुखान

कतारको पश्चिम भागमा अवस्थित दुखान बीच हिँड्न,पौडी खेल्न लगायत बार्बिक्यु गर्न मज्जाको स्थान रहेको छ। तर त्यहाँ पुग्नु अघि बाटोमा केही क्यान्टिन (पसल) भएपनि शौचालय तथा फुड स्टल भने बीच वरपर छैन।

दुखान बीच जाने बाटो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
20
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
4
रीस उठ्यो
Back to top button