सार्वजनिक क्षेत्रलाई इदमा ७ दिन बिदा,निजीलाई ३ दिन

इस्लाम धर्मावलम्बीहरूको महान चाड “इद अल अधा” को अवसरमा सरकारी क्षेत्रमा पछिल्लो वर्ष जस्तै यो वर्ष पनि जम्मा आठ दिन बिदा हुनेभएको छ। सरकारी कार्यालय,मन्त्रालय तथा अन्य सार्वजनिक क्षेत्र भित्र पर्ने सम्पूर्ण कार्यालयहरूमा बिदा अगस्ट १९ आइतबार देखि अगस्ट २६ आइतबार सम्म हुने अमिरी दिवानले आज सूचना प्रकाशित गर्दै जानकारी गराएको हो।

सम्पूर्ण सरकारी कर्मचारीहरुले अगस्ट २७ बाट काम सुचारु गर्नेछन्।

त्यस्तै गरी कतार केन्द्रीय बैंक(क्युसिबी) अन्तर्गत पर्ने बैंक,वित्तीय संस्था लगायत अन्यको बिदा भने अगस्ट १९ देखि २६ तारिख सम्म रहनेछ।

निजी क्षेत्र

इद अल अधाको अवसरमा कतारमा निजी क्षेत्रका कामदारहरुले कम्तीमा तीन दिन बिदा पाउने श्रम कानूनको धारा ७८ मा उल्लेख गरिएको छ।यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा इदको पहिलो दिन अनिवार्य बिदा र बाँकी दुई दिन काम लगाए ओभरटाइम दिनुपर्ने नियम रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button