घर चोरी गर्ने तीन जना पक्राउ

घर चोरी गर्ने एक समूहलाई कतार प्रहरीले पक्राउ गरेको छ। चोरी भएको घर बाट उजुरी परे पश्चात गरिएको अनुसन्धन बाट तीन जनालाई दफ्ना एरिया बाट पक्राउ गरिएको अपराध अनुसन्धान विभाग (सिआईडी) ले बताएको छ ।

अनुसन्धानको लागि प्रहरीले एक विशेष टोली छुटाएर खोजी कार्य गरेपछि एसियन मूलका ती ३ जना पक्राउ परेका हुन्। उनीहरूबाट नगद,महंगो घडी,विभिन्न प्रकारका चाबी लगायत चोरिएको अन्य सामान समेत बरामद गरेको छ। प्रहरी सँगको सोधपुछमा गल्ती स्वीकार गरेपछि उनीहरूलाई थप कानूनी प्रक्रिया अघि बढाइएको आन्तरिक मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button