कतारले केरलालाई ५० लाख डलर सहयोग गर्यो

क्युएनए
अमिर शेख तमिम विन हमाद अल थानी ले मनसुन वर्षा सँगै बाढी पीडित भारतको केरला राज्यलाई तत्कालका लागि ५ मिलियन डलर सहयोग दिन निर्देशन दिनुभएको छ । सहयोग रकमले बाढी बाट बासस्थान गुमाएकाहरुलाई बास दिन सहयोग पनि गरिनेछ।
अमिर लगायत उप अमिर शेख अब्दुल्ला विन हमाद अल थानी,प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुल्ला विन नासेर विन खलीफा विन अल थानिले बाढी बाट ज्यान गुमाएकाहरु प्रति संवेदना पठाउनु सँगै अवस्था चाँडै समाधानको कामना गर्नुभएको छ।

त्यस्तैगरी यता कतार च्यारिटीले पनि आपातकालीन सहयोगको निमित्त ४ लाख रियालको सहयोग जुटाएको थियो। पहिलो चरणमा च्यारिटीले बाढी पीडित झण्डै ६० हजार मानिसलाई लत्ता कपडा,औषधी लगायत खाना वितरण गरेको छ।
शताब्दीकै खराब भनिएको बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा अहिलेसम्म कम्तीमा ३ सय २४ जनाको ज्यान गइसकेको अधिकारीहरूले बताएका छन्। उद्धारकर्ताहरूले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन्। उक्त राज्यमा अहिलेसम्म २ लाख मानिसहरू आफ्नो घर छोडेर शिविरहरूमा बसिरहेका छन्।