नेपाली राष्ट्रिय फुटबल टिम कतार आउँदै

लामो समयपछि नेपाली राष्ट्रिय फुटबल टिम कतार आउने भएको छ।सन् २०१९ मा युएईले आयोजना गर्ने एएफसी एसियन कप छनौट चरणको अन्तिम खेलको लागि नेपाली टिम कतार आउन लागेको हो।नेपालले मार्च २७ मा यमन विरुद्ध सुहेम विन हमाद रंगशाला(कतार स्पोर्ट्स क्लब) मा बेलुका ६:१५ बजे खेल्दैछ।खेल हेर्न प्रवेश निशुल्क रहेको छ।

समूह ‘एफ’ मा फिलिपिन्स,ताजीकिस्तान,यमन सँगै रहेको नेपाल छनौट चरण बाटै बहिरिसकेको छ। एसियन कप छनौटको लागि यमन अझै संघर्ष गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो