इदमा कर्वा बस अझ धेरै गुड्ने

मंगलबार बाट सुरु हुने इद अल अधामा कर्वा बसले आफ्नो सेवा समय बढाएको छ। सार्वजनिक बस तथा ट्याक्सी वितरक मोवासलत (कर्वा) ले हिजो एक सूचना जारी गर्दै इदको समय अगस्ट २१ देखि २३ तारिख सम्म बस बिहान १ बजे सम्म चल्ने जनाएको छ।
समय थप गरिएको रुट नम्बरहरू :
10 – 11 – 12 – 21 – 31 – 32 – 33 – 33A – 34 – 40 – 41 – 43 – 49 – 55 – 56 – 57 – 76 – 94 – 102X – 104B – 109 – 129 – 156 – 107A – 301 – 304 – 777.
त्यस्तै दोहा बस स्टेशन बाट शहानिया सम्म १०४ बी र स्टेशन बाटै दोहा फेस्टिवल सिटी सम्म चल्ने रुट १०४ ए र १७० को लागि परिवर्तन गरिएको छ।
माथि उल्लेख नभएका रुट नम्बरका बस सेवा भने साविककै समय अनुसार चल्ने कम्पनीले जनाएको छ।
चित्रमा कर्वा बसको सम्पूर्ण रुट :
