नयाँ शक्तिले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई सघाउने

नयाँ शक्ति पार्टी नेपालले प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ ।
नयाँ शक्तिका संयोजक गंगा नारायण श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै संसदीय लोकतन्त्रको मान्यतलाई सुदृढ गर्ने अभिप्रायले कांग्रेसका ३ नं. प्रदेशको खुलातर्फका उम्मेदवार बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको जनाएका छन् ।
विज्ञप्तिमार्फत नयाँ शक्तिले पार्टीको मतबाट विजयी हुने उम्मेदवारले राष्ट्रिय सभामा पार्टीगत स्वार्थभन्दा माथि उठी महत्वपूर्ण विषयमा राष्ट्रिय हीतलाई सर्वोपरि राखी आफ्नो भूमिका निर्वाह गर्ने विश्वास समेत लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो