‘रमाइलो साँझ २०७५’ आज, दिउँसो २ बजे देखी डल्ला ड्राइभिङ्गमा हुनेछ सुरु

सनैया स्थित ग्राण्ड मल र बर्वा सिटी बिचमा रहेको डल्ला ड्राइभिङ्ग एकाडेमी सेन्टरमा आज २४ तारिख शुक्रबार ”रमाइलो साँझ २०७५ ”आयोजना हुनेछ । बिशेष गरी शारीरिक अपाङ्ग्ता भएको व्यक्तिहरुको सहयोगार्थ हुने सांगीतिक कार्यक्रममा एक खुट्टाले डान्स गरेर चर्चित भएकी डान्सर नीलम ढुंगाना को बिशेष नृत्य प्रस्तुति रहने छ भने साथमा युवा बीच निकै चर्चित गायक कमल खत्री, दोहोरीका प्रकाश कटुवाल, गायिका साना महर्जन, स्मृती गौतम र चर्चित डान्सर रिया श्रेष्ठको दमदार प्रस्तुती रहनेछ । कार्यक्रम लाई भीजे विवेक खतिवडाले संचालन गर्नेछन् ।

”रमाइलो साँझ २०७५” कार्यक्रम कतारको समय अनुसार दिउँसो २ बजेबाट डल्ला ड्राइभिङ्ग एकाडेमीको सभाहल (५ न.भवन) मा सुरु हुनेछ । ६० रियाल र भिईपी लाई २०० कतारी रियाल टिकट दर रहेको रमाइलो साँझका लागि सबै कलाकार बुधबार नै दोहा आइसकेका छन् र सम्पूर्ण तयारी पनि पुरा भइसकेको छ । छ त बाँकी अब केवल तपाईं को साथ ।

डल्ला ड्राइभिङ्ग एकाडेमी जाने बाटो

#कतारनेपाल #QatarNepal 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button