कञ्चनपुरमा फेरी चल्यो गोली, एकको मृत्यु, तीन घाईते (भिडियोसहित)

कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै आज भएको प्रदर्शनमा फेरी गोली चलेको छ । महेन्द्रनगरमा गोली लागेर होटल अगाडि बसि रहेका स्थानीय एक किशोरको मृत्यु भएको छ । आफ्नै होटलमा बसेका १७ वर्षीय चेतन भट्टको मृत्यु भएको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

प्रहरीको गोली प्रहारबाट अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले हानेको गोली बालकको छातीमै लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । आन्दोलन आज शुक्रबार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित बनेका छन् । बिहीबार पनि प्रदर्शनका क्रममा ८ जना गोली लागेर घाइते भएका थिए । – NarayaniOnline
अनिश्चितकालीन कर्फ्यू
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।
साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको र यो बेला बाहिर ननिस्कन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आग्रह गरेका छन् ।