टर्की सैनिकको दोस्रो टोली कतारमा

संयुक्त अभ्यास दुवै देशको सुरक्षा बलियो पार्न,आतंककारी संग लड्न र देशमा शान्ती सुरक्षा कायम गर्ने दुवै देश बिचको सम्झौता अनुरुपको उदेश्य रहेको अल जजिरा ले लेखेको छ।
छिमेकी राष्ट्र साउदी अरेबिया,युएई,बहराइन लगायतका देशहरुले कतारलाई आतंककारीको सहयोग र साउदी विरोधी इरानको समर्थन लिएको आरोप लागाउदै गरेको नाकाबन्दी पछि संयुक्त सैनिक अभ्यासको कुराले तिब्रता पाएको थियो।तर कतारले भने सुरु देखि नै आफु माथि लागेका आरोप नकार्दै आइरहेको छ।
टर्कीको संसदले गत महिना कतारमा आफ्नो सैनिक क्याम्प स्थापना गर्ने नियम पारित गरेको थियो।कतार र टर्की बिचको यो सम्झौता २०१६ को अप्रिलमा नै भइसकेको थियो।
जून ५ देखि सुरु भएको कुटनीतिक समस्या लगत्तै टर्कीले कतारको साथ दिइरहेको छ।साथै टर्कीले खाडी छिमेकी राष्ट्रहरु बिचको समस्या सुल्झाउन मध्यस्तकर्ताको भुमिका पनि निर्वाह गर्दै आईरहेको छ।कतारले यसअघि अमेरिका र फ्रान्सको नेभी फौज संग पनि संयुक्त अभ्यास गरिसकेको छ।
